धनकुटामा सवारी दुर्घटना, ३ जनाको मृत्यु

हिमाल प्रेस २३ वैशाख २०८२ ९:४८
धनकुटामा सवारी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ- सुनसरीको धरानबाट भोजपुरका लागि छुटेको बस धनकुटामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका-६, गोठगाउँमा दुर्घटना भएको हो। बस सडकबाट करिब ५० मिटर तल खसेर उत्तानो परेको थियो।

दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका-११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका-६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो।

प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: २३ वैशाख २०८२ ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast