क्रिकेटर आदिल अन्सारीमाथिको प्रतिबन्ध फुकुवा

हिमाल प्रेस २२ वैशाख २०८२ १८:११
12
SHARES
क्रिकेटर आदिल अन्सारीमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौँ- क्रिकेटर आदिल अन्सारीमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को इन्टिग्रिटी कमिटीको आइतबार बसेको बैठकले आदिलमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

स्पट फिक्सिङको आरोपमा उनी निलम्बनमा परेका थिए।

क्यानको आयोजनामा २०७९ पुस ९ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदामा सञ्चालन भएको नेपाल टी–२० क्रिकेट प्रतियोगिताका क्रममा स्पट फिक्सिङ गरेको आरोप आदिलमाथि लागेको थियो।

स्पट फिक्सिङको आरोप लागेका उनलाई एन्टी करप्सन कोडबमोजिम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।

आदिलसँगै महबुब आलम, नितेश गुप्ता, नवीन कँडेल र रवि माझीविरूद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विभिन्न आरोपमा मुद्दा दायर गरेको थियो।

सीआईबीको दाबी नपुगेको भन्दै काठमाडौँ जिल्ला अदालतले २०८० चैत १३ गते सबैलाई सफाइ दिएको थियो।

प्रतिबन्ध फुकुवा भएसँगै आदिलले अब सबैखाले प्रतियोगितामा भाग लिन पाउने छन्।

प्रकाशित: २२ वैशाख २०८२ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast