धनकुटामा बस दुर्घटना हुँदा एकको मुत्यु, १४ जना घाइते

हिमाल प्रेस २२ वैशाख २०८२ १३:४२
12
SHARES
धनकुटामा बस दुर्घटना हुँदा एकको मुत्यु, १४ जना घाइते

भोजपुर- धरानबाट धनकुटा आउँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ। दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ। आज बिहान १०ः१५ बजेतिर धनकुटा नगरपालिका-६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक सडकबाट तल खस्दा दुर्घटना भएको हो।

घाइतेमध्ये धनकुटा नगरपालिका-६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

अन्य घाइतेमा भोजपुरको षडानन्द नगरपालिका-१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका-२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा-१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका-३ च्याङग्रेका गंगाप्रसाद सापकोटा रहेका छन्।

भोजपुर नगरपालिका-११ का सविना बराइली, सोही ठाउँका देवी टविक, धनकुटाको साँगुरीगढी गापा-६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका-११ कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका-११ का लिलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका-६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा-६ का धनकुमार विक पनि घाइने भएको प्रहरीले उल्लेख गरेको छ।

प्रकाशित: २२ वैशाख २०८२ १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast