संक्रमणकालीन न्यायसम्बन्धी काम सकारात्मक ढंगले अगाडि बढिरहेको छ : माओवादी

हिमाल प्रेस २१ वैशाख २०८२ १९:४०
24
SHARES
संक्रमणकालीन न्यायसम्बन्धी काम सकारात्मक ढंगले अगाडि बढिरहेको छ : माओवादी तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायका सवालमा सरकारले सकारात्मक ढंगले काम गरिरहेको जनाएको छ।

आइतबार सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरुले संक्रमणकालीन न्यायका विषय सरकारात्मक रुपमा नै अघि बढिरहेको पाइएको जनाएका हुन्।

छलफलपछि माओवादी उपमहासचिव वर्षमान पुनले संक्रमणकालीन न्यायका विषयमा भइरहेको कामकारबाहीका विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको जानकारी दिए।

उनले यो विषय सकारात्मकरुपमा नै अघि बढिरहेको पाएको बताए। पुनले संक्रमणकालीन न्यासम्बन्धी दुई आयोगका पदाधिकारीको सर्टलिस्टका विषयमा पीडितहरु राखेको चासोका बारेमा पनि छलफल भएको उल्लेख गरे।

उनले सोमबार पीडितहरुसँग माओवादीले छलफल गर्ने जानकारी पनि दिए।

प्रकाशित: २१ वैशाख २०८२ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast