चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

हिमाल प्रेस २१ वैशाख २०८२ १८:४९
82
SHARES
चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

कञ्चनपुर– चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारीबारीबाट घर फर्कने क्रममा चट्याङ लागेर स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएको बताए।

रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २१ वैशाख २०८२ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast