राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष

हिमाल प्रेस २१ वैशाख २०८२ १८:३४
20
SHARES
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष

काठमाडौँ– नेकपा एमालेले राजनीतिक स्थिरता खलबल्याउने प्रयासहरु कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ।

आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको र स्थिरतालाई खलबल्याउने प्रयासहरु कमजोर हुँदै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति निर्माण गर्न पार्टीका सम्पूर्ण ऊर्जा र सामथ्र्यलाई एकतावद्ध गर्दै अघि बढ्ने निर्णय बैठकले गरेको बताए।

यस्तै बैठकले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको छ। नीति कार्यक्रम जस्तै आगामी बजेट ठोस र परिणाममुखी हुनुपर्ने सुझाव पदाधिकारी सदस्यहरुले दिएको ज्ञवालीले जानकारी दिए।

त्यस्तै बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्ने, योजनाको प्राथमिकीकरण, कृषि क्षेत्रको आत्मनिर्भर लगायतमा ध्यान दिनुपर्ने सुझाव आएको उनले बताए।

त्यस्तै स्रोतको अधिकतम ध्यानमा राखेर बजेट ल्याउन पनि सुझाव दिइएको ज्ञवालीले उल्लेख गरे। बैठकले सरकारले शिक्षक र चिकित्सकहरुसँग गरेको सहमतिको स्वागत गर्दै सरकारलाई धन्यवाद दिने निर्णय गरेको ज्ञवालीले बताए।

प्रकाशित: २१ वैशाख २०८२ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast