
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा दुवै नेताबीच भेटवार्ता भएको हो।
भेटका क्रममा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री ओलीको कानुनी सल्लाहकार अग्नि खरेल, माओवादी केन्द्रका महासचिव वर्षमान पुन सहभागी थिए।
यसअघि गत बिहीबार प्रधानमन्त्री ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रचण्ड गएका थिएनन्। शान्ति प्रक्रियाका बाँकी कामका विषयमा छलफल गर्न बोलएको बैठकमा प्रचण्ड अनुपस्थित भएका थिए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।