नेपाली क्रिकेट टिम : २५ खेलाडीमै परेनन् कुशल मल्ल र सागर ढकाल, फर्किए सन्दीप

हिमाल प्रेस २१ वैशाख २०८२ ७:२८
42
SHARES
नेपाली क्रिकेट टिम : २५ खेलाडीमै परेनन् कुशल मल्ल र सागर ढकाल, फर्किए सन्दीप

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले लिग २ का लागि बन्द प्रशिक्षणमा २५ खेलाडी छनोट गरेको छ। क्यानको दोस्रो चरणको यो लिष्टमा लेग स्पिनर सन्दीप लामिछाने फर्किएका छन् भने नयाँ खेलाडी प्राथमिकतामा परेका छन्।

लामो समयदेखि टिममा रहेका अलराउन्डर कुशल मल्ल भने अन्तिम २५ मै अटाउन सकेका छैनन्। पछिल्ला खेलमा टिमलाई नतिजा दिन नसकेका कारण उनी नअटाएको अनुमान गरिएको छ।

पहिलो चरणमा ५२ खेलाडीलाई बन्द प्रशिक्षणमा बेलाइएको थियो। क्यानले यी खेलाडीलाई निलो, हरियो, रातो र पहेंलो गरि चार समूहमा विभाजन गर्दै ‘कोर क्याम्प’ सञ्चालन गरेको थियो। त्यही गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक स्टुवार्ट लले खेलाडी छानेका हुन्।

बन्द प्रशिक्षणबाट कुशल मल्ल, विवेककुमार यादव, सागर ढकाल, सन्दीप जोरा, देव खनालजस्ता खेलाडी बाहिरिएका छन्।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

रोहितकुमार पौडेल/कप्तान, गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, दिलिप नाथ, प्रतिश जिसी, अर्जुन साउद, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, युवराज खत्री, रिजन ढकाल, अकाश चन्द, रुपेशकुमार सिंह, किरण ठगुन्ना

प्रकाशित: २१ वैशाख २०८२ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast