‘कांग्रेसले सरकारलाई गरेको समर्थन कुनै जाल हो भने पानी नभएको खोलामा फ्याँकेजस्तै हुन्छ’

हिमाल प्रेस २६ पुष २०७९ १४:४५ | Tuesday, January 10, 2023
‘कांग्रेसले सरकारलाई गरेको समर्थन कुनै जाल हो भने पानी नभएको खोलामा फ्याँकेजस्तै हुन्छ’ शेरबहादुर देउवा र केपी ओली । फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णयप्रति शंका व्यक्त गरेका छन्।  प्रधानमन्त्रीले विश्वासको मत मागिसकेपछि संसद्‌लाई सम्बोधन गर्दै ओलीले कांग्रेसले असल नियतका साथ सरकारलाई समर्थन गरेको हो भने धन्यवाद भनेका हुन्।

‘कांग्रेसले सदाशयका साथ प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भए धन्यवाद। तर, जाल बिछ्याउन खोजेको भए त्यो खेर जान्छ,’ उनले भने, ‘पानी नभएको खोलामा जाल फ्याँकेजस्तै हुन्छ। माछा पर्ला भनेर ढोल थापेको भए माछा अन्तै जान्छ, त्यो भ्रम नपाल्दा हुन्छ।’

त्यस्तै ओलीले देउवालाई कतिपटक संसद्‌ विघटन गरियो भनेर प्रश्न पनि सोधे। देउवालाई गुरुजी भन्दै ओलीले भने, ‘१५ सालमा बनेको संसद्लाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् होइन। २०४८ को संसदलाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने कांग्रेस हो म होइन। गुरूजी, आफूले कति पटक संसद विघटन गरियो। मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद् विघटन गरेको तपाईंले होइन?’

प्रकाशित: २६ पुष २०७९ १४:४५ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast