देशमा आर्थिक अवस्था सुधार हुनुको सट्टा श्रमिक वर्गमाथि दलाल पुँजीवादी शोषण झन् चर्को बन्दैछ : झलनाथ खनाल

हिमाल प्रेस १८ वैशाख २०८२ १०:३१
44
SHARES
देशमा आर्थिक अवस्था सुधार हुनुको सट्टा श्रमिक वर्गमाथि दलाल पुँजीवादी शोषण झन् चर्को बन्दैछ : झलनाथ खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा जनताको आर्थिक अवस्था सुधार हुनुको सट्टा श्रमिक वर्गमाथि दलाल पुँजीवादी शोषण र उत्पीडन झन् झन् चर्को बन्दै गएको बताएका छन्।

आज श्रमिक दिवसको दिन शुभकामना दिँदै खनालले मुलुकको कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत राष्ट्रियताका क्षेत्रहरू संकटग्रस्त बन्दै गएका गुनासो गरेका छन्।

श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेल्न सक्ने भन्दै उनले देशमा श्रमिक वर्गले आफ्नो अग्रदूत नेपाल कम्युनिस्ट पार्टी मार्फत नेपालको पुँजीवादी-जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गरेका छन्।

श्रमिकमाथि भइरहेका शोषण र उत्पीडनका विरुद्ध ट्रेड युनियनहरूमा अझ घनिष्ठ रूपले एकताबद्ध बन्न र समाजवाद प्राप्तिको दिशामा एकताबद्ध बनाएर अघि उनले श्रमिक वर्गमा आग्रह पनि गरेका छन्।

प्रकाशित: १८ वैशाख २०८२ १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast