सशस्त्र प्रहरीले सुनसरीबाट नियन्त्रणमा लियो ७८३ किलो गाँजा, २ जना पक्राउ

हिमाल प्रेस १८ वैशाख २०८२ ८:००
सशस्त्र प्रहरीले सुनसरीबाट नियन्त्रणमा लियो ७८३ किलो गाँजा, २ जना पक्राउ

काठमाडौँ- सशस्त्र प्रहरीले ७८३ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलले ७८३ किलोग्राम गाँजासहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

धरान उप महानगरपालिका १३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई चेकजाँच गर्दा गाँजासहित पक्राउ गरिएको थियो।

ट्रकको ड्राइभर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउँदै गरेको गाँजासहितको ट्रक, चालक सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १ बस्ने ३१ बर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका ६ बस्ने १८ वर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ।

प्रकाशित: १८ वैशाख २०८२ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast