१८ वैशाखको राशिफल : मकरको पारिवारिक सम्बन्धमा सुधार आउने, कुम्भलाई झमेला आइलाग्ने

हिमाल प्रेस १८ वैशाख २०८२ ६:१९
42
SHARES
१८ वैशाखको राशिफल : मकरको पारिवारिक सम्बन्धमा सुधार आउने, कुम्भलाई झमेला आइलाग्ने

मेष
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाइको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुने।

वृष
आफ्नो अधिकारको लागि लड्नुपर्ने छ। काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ। शत्रुहरू पराजित हुनेछन्।

मिथुन
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कर्कट
सन्तानले प्रसन्नता दिलाउनेछन्। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

सिंह
परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । ब्यापार ब्यवसायबाट पनि फाइदा हुनेछ। साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।

कन्या
दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ ।

तुला
सामाजिक मानसम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन्।

वृश्चिक
सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन्। साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ ।

धनु
ब्यापार ब्यवसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइने । प्रतिष्ठित काम सफल गर्ने मौका छ ।

मकर
पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ
धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन्। मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ ।

मीन
पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ।

प्रकाशित: १८ वैशाख २०८२ ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast