अमेरिकको जीडीपीमा गिरावट

हिमाल प्रेस १७ वैशाख २०८२ १९:३२
10
SHARES
अमेरिकको जीडीपीमा गिरावट फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो तीन महिनामा अमेरिकाको अर्थव्यवस्थामा गिरावट आएको छ।

‘यूएस ब्युरो अफ इकोनोमिक्स एनालाइसिस’ को प्रारम्भिक तथ्यांकअनुसार पहिलो त्रैमासिक (जनवरी–मार्च) मा अमेरिकी अर्थव्यवस्थामा ०.३ प्रतिशतले कमी आएको हो।

अमेरिकी वाणिज्य विभागले २०२४ को अक्टुबर–डिसेम्बरमा अमेरिकाको जीडीपी २.४ प्रतिशतको गतिले वृद्धि भइरहेकोमा यसको आगामी त्रैमासिकमा कमी आएको जनाएको छ।

अर्थव्यवस्थामा देखिएको यो गिरावट खासै महत्व नराख्ने भए तापनि राष्ट्रपति ट्रम्पले करसम्बन्धी गरेका घोषणाको असर देखिएको विश्लेषकहरूले बताएका छन्। सरकारी खर्चमा गरिएको कटौतीको पनि असर अमेरिकामा देखिएको छ।

ट्रम्पले गरेको घोषणा लागू हुनुअगावै अमेरिकी कम्पनीहरूले आयात वृद्धि गरेका थिए। जसले गर्दा पहिलो त्रैमासिकमा आयात ४० प्रतिशतले वृद्धि भएको थियो।

प्रकाशित: १७ वैशाख २०८२ १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast