महासंघको प्रस्तावमा सरकार लचक, शिक्षक-सरकार वार्ता सहमति नजिक

हिमाल प्रेस १७ वैशाख २०८२ १७:३४ | Wednesday, April 30, 2025
महासंघको प्रस्तावमा सरकार लचक, शिक्षक-सरकार वार्ता सहमति नजिक सिंहदरबारमा बुधबार जारी वार्तामा नेपाल शिक्षक महासंघ र सरकारी अधिकारीहरू। तस्बिर : हिमालप्रेस

काठमाडौँ-  नेपाल शिक्षक महासंघले नौबुँदे प्रस्तावमा सरकार चलक भएको छ। संसद्को चालु अधिवेशनबाट शिक्षा ऐन पारित गर्ने प्रतिबद्धता पनि सरकारी पक्षले जनाएको नेपाल शिक्षक महासंघका एक पदाधिकारीले जानकारी दिए।

महासंघका ती पदाधिकारीले नौबुँदे प्रस्तावमा सहमति र चालु अधिवेशनबाट विधेयक जारीको सुनिश्चितता भयो भने आन्दोलन फिर्ता लिने निर्णयसहित वार्तामा बसेको जानकारी दिए। उनका अनुसार महासंघका प्रस्तावमा सरकारी पक्ष चलक भएको छ। ती पदाधिकारीले भने, ‘वार्ता सहमति नजिक पुग्दै छ।’

दुई पक्षबीच बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भइरहेको छ। महासंघले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजनजस्ता माग अघि सारेको छ।

यसैगरी मर्यादाक्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता, राहत शिक्षक आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन पाउने र उमेरको हदबन्दी लाग्न नहुनेसहितका प्रस्ताव शिक्षा मन्त्रालय समक्ष पेस गरेको छ।

यसैगरी उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयकमा शिक्षक कर्मचारीका मागमुद्दामा केन्द्रित हुनुपर्ने तथा चालु संसद् अधिवेशनमा शिक्षा ऐन ल्याउने सुनिश्चितताका लागि पार्टीका प्रमुख सचेतकहरूद्वारा प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव शिक्षकहरूले अघि सारेका छन्। ती पदाधिकारीले भने, ‘यी प्रस्तावमा सहमति भएमा हामी आमशैक्षिक हडताल फिर्ता गरेर विद्यालय फर्कनेछौँ।’

यस्तो छ महासंघको प्रस्ताव

प्रकाशित: १७ वैशाख २०८२ १७:३४ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast