छुट्ने भए रेशम

हिमाल प्रेस १७ वैशाख २०८२ १६:२३ | Wednesday, April 30, 2025
छुट्ने भए रेशम

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी तत्कालै रिहा हुने भएका छन्। रेशमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको अर्को पत्र प्रहरीमा पुगेपछि उनी रिहा हुने भएका हुन्।

यसअघि २०८० जेठ २ गते सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न मुद्दा शाखाका अधिकृत महिनमानसिंह विष्टले पत्र पठाएपछि प्रहरीले रेशमलाई पक्राउ गरेको थियो।

२०८० जेठ २ गते सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरेको थियो।

तर, त्यही वर्ष जेठ १४ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आममाफी दिएको थियो।

सर्वोच्च अदालतका रिट शाखाका अधिकृत विष्टले व्यक्तिगत आधारमा सर्वोच्चको लेटरप्याडमा पत्र पठाएको बताइएको छ। व्यक्तिगत आधारमा सर्वोच्चको लेटरप्याड प्रयोग गरेको विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

टीकापुर घटनामा मरेका मान्छेहरूको आत्माले पोलेकाले प्रहरीलाई पत्र लेखेको विष्टले प्रहरीसमक्ष बयान दिएका छन्।

प्रकाशित: १७ वैशाख २०८२ १६:२३ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast