
म्याग्दी- लुलाङ-गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ। थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ।
धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली-लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ।
लुलाङ-गुर्जा सडकका लागि संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुई-दुई करोड रुपैयाँका बजेट विनियोजन गरेकामा तीन करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए।
आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर ४०० मिटर सडक मार्ग निर्माण भएको थियो।
प्रकाशित: १७ वैशाख २०८२ ९:२१
प्रतिक्रिया