डोटीमा सवारी दुर्घटना : एकको मृत्यु, छ जना घाइते

हिमाल प्रेस १७ वैशाख २०८२ ७:४५ | Wednesday, April 30, 2025
डोटीमा सवारी दुर्घटना : एकको मृत्यु, छ जना घाइते

डोटी- धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका-२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए।

बैतडी डिलासैनी गाउँपालिका-४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन्।

घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ। घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १७ वैशाख २०८२ ७:४५ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast