बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ

हिमाल प्रेस २६ पुष २०७९ ११:३६ | Tuesday, January 10, 2023
बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ

मकवानपुर- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री जमकट्टेलको सिफारिसमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन्। नवनियुक्त दुई मन्त्रीलाई पनि प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराए।

थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मन्त्री थापालाई विनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो। मुख्यमन्त्री जम्मकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयलमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैँले सम्हाल्ने छन्।

प्रकाशित: २६ पुष २०७९ ११:३६ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast