विश्वभर मानवअधिकारको अवस्था चिन्ताजनक

हिमाल प्रेस १६ वैशाख २०८२ १८:५५
4
SHARES
विश्वभर मानवअधिकारको अवस्था चिन्ताजनक

काठमाडौँ- सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था चिन्ताजनक रहेको विश्व मानव अधिकार प्रतिवेदनले देखाएको छ। एम्नेस्टी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको ‘सन् २०२४ को विश्व मानवअधिकार अवस्था’ नामक प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था चिन्ताजनक भएको देखाएको हो।

प्रतिवेदनमा सम्पूर्ण मानव जगतलाई अधिनायकवादी अभ्यास र कर्पोरेट जगतको लालच अन्तरघुलित भएको एउटा क्रुर नयाँ युगतर्फ धकेल्दै गएको उल्लेख गरिएको छ।

एम्नेस्टीले १५० देशको मानव अधिकार अवस्थामा अवलोकन गरी तयार पारिएको प्रतिवेदनमा विश्वव्यापी रूपमा नै मानवअधिकार संकट पैदा हुने जनाएको छ। प्रतिवेदनले विश्वभरी भइरहेको अधिनायकवादी अभ्यासले विमतिप्रति निर्मम दमन भएको उल्लेख गरेको छ।

प्रतिवेदनले जलवायु संकटलाई सम्बोधन गर्न, बढ्दो असमानतालाई उल्ट्याउन र कर्पोरेट शक्तिलाई नियन्त्रण गर्नमा भएको सामूहिक विफलताका कारण विश्वले भावी पुस्तालाई सदाभन्दा झन् कठोरतातर्फ धकेलिरहेको प्रमाण प्रस्तुत गरेको छ।

नयाँ प्रविधिलाई पर्याप्त रूपमा नियमन गर्न विफल भएर, निगरानी उपकरणको दुरूपयोग गरेर र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगमार्फत विभेद र असमानताको जरालाई अझ गहिराइमा पुर्‍याएर सरकारले वर्तमान र भावी पुस्तालाई थप हानि पुर्‍याइरहेको प्रतिवेदनमा उल्लेख छ।

मानवअधिकार खोस्न खोज्ने शक्ति र नाफाखोर लापरवाह राज्यसत्ताको विरूद्ध प्रतिरोध गर्नैपर्ने र विशाल र अवचलित आन्दोलन यस धर्तीका सबै मानिसको अन्तर्निहित मर्यादा र मानवअधिकारप्रतिको साझा विश्वासमा सदासर्वदा एकताबद्ध रहने एम्नेस्टीले जनाएको छ।

एम्नेस्टीले एसिया–प्रशान्त क्षेत्रको सिंहावलोकन गर्दा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख गरेको छ। प्रतिवेदनमा राजनीतिक अस्थिरताले मानवअधिकारको अवस्थामा योगदान पुर्‍याएको सबैभन्दा धेरै जोखिममा मानवअधिकार रक्षक र अभियन्ता रहेको देखाएको छ।

अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचित लगाउने, भेला हुने र संघसंसंठनको प्रदर्शनमाथि दमन, जलवायु परिर्वतनले थप विषाक्त वायु प्रदूषणको मारमा परेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा एम्नेस्टी इन्टरनेसनलका अध्यक्ष विपिन बुढाथोकी र प्रयन्त नेपालका अध्यक्ष सरिता लामिछानेले संयुक्त रूपमा उक्त प्रतिवेदनको सार्वजनिक गरेका थिए।

प्रकाशित: १६ वैशाख २०८२ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast