पेसागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने प्रयास अन्त्य गर्न माग

हिमाल प्रेस १६ वैशाख २०८२ १३:४५ | Tuesday, April 29, 2025
पेसागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने प्रयास अन्त्य गर्न माग

काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउन माओवादीलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको विशेष समयमा मंगलबार बोल्दै गैरेले पेसागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता ढाल्ने अस्त्र बनाउने र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न अन्त्य हुनुपर्नेसमेत बताए।

गैरेले छलफलमा एउटा कुरा गर्ने र सडकमा गएर अर्को कुरा गर्न खोजे नेपालको शिक्षाको विकास हुन नसक्ने तर्क गरे। विद्यालय शिक्षा विधेयक अघि नबढ्नुको आरोप सत्तापक्षलाई मात्रै लगाएर कसैले छुट नपाउने उनको भनाइ छ।

गैरेले सडकमा शिक्षक र सुरक्षाकर्मीबीच झडप गराएर पनि छुट पाउने परिस्थिति नभएको बताए। समितिमा विचाराधीन रहेको विधेयकलाई छिटो पारित गर्नका लागि सामूहिक प्रतिबद्धता आवश्यक पर्ने जिकिर उनको छ।

प्रकाशित: १६ वैशाख २०८२ १३:४५ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast