यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व संकलनमा वृद्धि

हिमाल प्रेस १६ वैशाख २०८२ ८:५१
12
SHARES
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व संकलनमा वृद्धि

पाल्पा- जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा १७ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले १७ करोड २३ लाख १५ हजार ४६५ रुपैयाँ राजस्व संकलन गरेको हो।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु दुई करोड १० लाख ३७ हजार ४०० र सवारीसाधन करबाट १४ करोड ४८ लाख ६२ हजार ७४० रुपैयाँ संकलन भएको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए।

उनका अनुसार गत वर्षको तुलनामा चालु आवको सो अवधिमा राजस्व संकलनमा वृद्धि भएको छ। प्रमुख घिमिरेले भने, ‘चालक अनुमतिपत्र, सवारीसाधनको संख्यामा वृद्धि र सेवाप्रवाहमा छिटोछरितो भएकाले चालु आव राजस्व संकलनमा वृद्धि भएको हो।’

कार्यालयले गत आवको सोही अवधिमा १४ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। उसले गत आव २०८०/८१ को असार मसान्तसम्म १८ करोड ७४ लाख ९६ हजार ४२५ रुपैयाँ राजस्व संकलन गर्‍यो।

जुन अहिले नौ महिनामै उक्त राजस्वको नजिक पुगेको छ। चालु आव सकिन अझ तीन महिना बाँकी रहेकाले राजस्व गत वर्षको तुलनामा बढ्ने निश्चित छ। जहाँ अघिल्लो पूरै आवमा चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट दुई करोड ४५ लाख २८ हजार रुपैयाँमात्र संकलन भएको थियो।

अघिल्लो पूरै आवमा सवारीसाधनबाट १५ करोड ४७ लाख ४३ हजार ७३५ रुपैयाँ राजस्व संकलन भएको थियो। जुन चालु आवको चैत मसान्तसम्ममै उक्त संकलनको नजिक पुगेको छ। यस्तै चालु आवको नौ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १८ लाख ४६ हजार ७०० रुपैयाँ र आयकरतर्फ ४५ लाख ६८ हजार ६२५ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख घिमिरेले बताए।

अघिल्लो आवको पूरै महिना कार्यालयले आयकरतर्फ रु ५६ लाख ५८ हजार ६६० संकलन गरेको कार्यालयको सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार चालु आवको नौ महिनाको तुलनामा गत वर्ष सोही अवधिमा समग्रमा करिब चार करोड रुपैयाँभन्दा कम राजस्व संकलन भएको थियो। हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुटपरमिट, सवारी जाँचपास शीर्षकमा आयकर संकलन गर्ने गरेको छ।

कार्यालयले चालु आवको चैत समान्तसम्ममा चालक अनुमतिपत्रतर्फ दुई हजार ३२५ वटा नयाँ लाइसेन्स, पाँच सय ३१ वटा थप वर्ग, छ हजार ३४६ रिट्रायल, दुई हजार ९१ वटा लाइसेन्स नवीकरण र दुई हजार ८३१ लिखितबाट राजस्व संकलन गरेको छ।

सवारीतर्फ २४ हजार ६८ वटा सवारी नवीकरण, तीन हजार ४० पटके, नौ सय चार जाँचपास र नौ सय ६७ वटा रुट परमिट नवीकरण गरेको पनि कार्यालयले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८२ ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast