उपसमिति बैठक । फाइल तस्बिर।
काठमाडौँ- प्रारम्भिक बाल विकास शिक्षालाई विद्यालय संरचनामा राखिएको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिमा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथि छलफलमा प्रारम्भिक बाल विकास शिक्षालाई विद्यालय संरचनामा राख्ने सहमति भएको हो।
बाल विकास शिक्षालाई विद्यालय संरचनामा राखिएको स्रोतको भनाइ छ। स्रोतले भन्यो, ‘अब ०–१२ माध्यमिक तहको शिक्षा हुनेछ।’
नेपाल बाल विकास शिक्षक संघर्ष केन्द्रीय समितिले बाल विकास शिक्षालाई विद्यालय संरचनामा राख्न माग गर्दै आएको थियो।
प्रकाशित: १५ वैशाख २०८२ १०:२७ | Monday, April 28, 2025
प्रतिक्रिया




