
काठमाडौँ- कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा चट्याङ लागेर आइतबार दुईजनाको मृत्यु भएको छ। चट्याङ लागेर अन्नपूर्ण ११ स्थित त्रिवेणी ताल पदमार्गमा दुई मजदुरको मृत्यु भएको हो।
संखुवासभाको सिलिचोङ गाउँपालिका ४ का भरतकुमार राई र महेश राईको चट्याङ लागेर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए। त्रिवेणीताल पदमार्गमा नौ जनाले काम गरिरहेका वेला दिउँसो आएको हावाहुरी र पानीसँगैको चट्याङले उनीहरूको मृत्यु भएको हो। अरू कामदार भने सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ वैशाख २०८२ ९:०७
प्रतिक्रिया