डढेलो निभाउन गएका व्यक्ति सवार जिप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते

हिमाल प्रेस १५ वैशाख २०८२ ६:३८ | Monday, April 28, 2025
डढेलो निभाउन गएका व्यक्ति सवार जिप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते

लुम्बिनी- पाल्पाको रैनादेवी छहरामा आइतबार राति जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका १ असारेका वर्ष २३ का जनक रेगामी, सोही ठाउँका बर्ष ३६ का दिपेन्द्र बुढा र सोही ठाउँका बर्ष ३१ का चेतनारायण बिक रहेका छन्।

रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वर असारे स्थित भित्री कच्ची सडक खण्डमा लु १ ज २३७७नम्बरको जिप आइतबार राति १०: १० बजे आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

जिपमा सवार ५ मध्ये तीनको घटनास्थलमै मृत्यु भएको हो भने घाइते २ जना २७ वर्षीय रन्जन रेस्मी र २३ वर्षीय सरोज बुढाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।सिमेन्टको खानी नजिकै दुर्घटना भएको हो। डढेलो निभाउने जानेक्रममा भएको दुर्घटनाले तीन जनाको मृत्यु भएपछि गाउँ शोकाकुल बनेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०८२ ६:३८ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast