पूर्वराजाको सचिवालयले ‘श्री ५ शब्द’ प्रयोग गरेकोमा एमालेको आपत्ति, कारबाहीको माग

हिमाल प्रेस १४ वैशाख २०८२ ११:५१ | Sunday, April 27, 2025
पूर्वराजाको सचिवालयले ‘श्री ५ शब्द’ प्रयोग गरेकोमा एमालेको आपत्ति, कारबाहीको माग

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले विज्ञप्तिमा ‘श्री ५’ शब्द प्रयोग गरेकोमा सत्तारुढ दल नेकपा एमालेले प्रतिनिधिसभामा सांसदले आपत्ति जनाएको छ। अहिलेको व्यवस्थामा सोही शब्द नभएको भन्दै शाहलाई कारबाही गर्न एमाले नेता एवं सा‌ंसद ठाकुर गैरेले अनुरोध गरेका छन्।

‘हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरितको एउटा वक्तव्य आयो,’ गैरेले भने, ‘डा. फणिराज पाठक, संवाद सचिबका नामबाट प्रकाशित भएको वक्तव्य। त्यसको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको समवेदना सन्देश। म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भन्ने कहाँ छ?’

यस्तो लेख्नेलेमाथि तत्काल कारबाही गर्नुपर्ने भन्दै उनले भने, ‘यो लेख्न कसरी सकिन्छरु यो लेख्न कसरी सम्भव भयोरु यो पाइन्छ कि पाइँदैन। यो संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन? त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन? यो संवाद सचिव नाम रहेका फणिराज पाठक र यो समवेदना बक्सने ज्ञानेन्द्रवीर विक्रम शाहलाई नेपालको संविधान बमोजिम तत्काल कारबाही गरियोस् भन्ने कुरा म यो सदनमा ध्यानाकर्षण गराउन चाहान्छु।’

पूर्वराजा शाहले शनिबार कश्मीर घटनाप्रति समवेदना वक्तव्य जारी गरेका थिए जसमा श्री ५ जानेन्द्र वीरविक्रम शाहदेव लेखिएको छ। उनले जारी गरेका अन्य वक्तव्यमा समेत त्यही लेख्ने गरेका छन्।

प्रकाशित: १४ वैशाख २०८२ ११:५१ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast