रसुवा बाढीको शोकमा पूर्वराजा, यसपटक निर्मलनिवासमा टीका नलगाइदिने

हिमाल प्रेस २५ असोज २०८३ ६:५७ | Sunday, October 11, 2026
2
SHARE
रसुवा बाढीको शोकमा पूर्वराजा, यसपटक निर्मलनिवासमा टीका नलगाइदिने पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन् । उनको संवाद सचिवालय निर्मल निवासले आइतबार सूचना जारी गर्दै पूर्वराजा शाहले यस वर्षको वडा दसैँ पर्व सादगीपूर्वक मनाउने निर्णय गरेको जनाएको छ ।

गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन भएको र ठूलो जनधनको क्षति भएकाले यस वर्ष दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

सचिवालयको सूचनामार्फत यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको हो ।

प्रकाशित: २५ असोज २०८३ ६:५७ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast