कौशिकी वैदिक गुरुकुल अब कागेश्वरी मनोहरामा

हिमाल प्रेस १३ वैशाख २०८२ १८:५९ | Saturday, April 26, 2025
कौशिकी वैदिक गुरुकुल अब कागेश्वरी मनोहरामा

काठमाडौँ- कौशिकी वैदिक गुरुकुल काठमाडौँको कागेश्वरी मनोहरामा स्थानान्तरण भएको छ। वैदिक अनुसन्धान समितिले काभ्रेको भुम्लु गाउँपालिकास्थित कोशी किनारामा सञ्चालन गर्दै आएको गुरुकुल कागेश्वरी मनोहरा नगरपालिकामा स्थानान्तरण गरिएको समितिका अध्यक्ष एवम् गुरुकुलका प्रधान आचार्य रामचन्द्र तिमल्सिनाले बताए।

गुरुकुल स्थानान्तरणका लागि काभ्रेको भुम्लु गाउँपालिका र काठमाडौँको मनोहरा नगरपालिका दुवैले अनुमति दिएका छन्। गुरुकुल अब कागेश्वरी मनोहरा–१ ब्रह्मखेलस्थित सुवेदीगाउँमा सञ्चालन हुने भएको छ। कक्षा ४ देखि पढाइ हुने गुरुकुलले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ।

तिमल्सिनाका अनुसार सुवेदीगाउँमा गुरुकुलका लागि धमाधम संरचना निर्माण भइरहेको छ। केही दिनमा तत्काल आवश्यक पर्ने सबै संरचना निर्माण भई पठनपाठन आरम्भ हुने उनले बताए। उनले भने, ‘हामी केही दिनमै नयाँ शैक्षिक सत्रका लागि पठनपाठन आरम्भ गर्नेछौँ।’ गुरुकुलले कागेश्वरी मनोहरामा अझै व्यवस्थित रूपमा पठनपाठन गराउने उद्देश्य लिएको छ।

गुरुकुलका वटुक खुसी देख्दा थप ऊर्जा मिल्छ : रामचन्द्र तिमल्सिना [अन्तर्वार्ता]

प्रकाशित: १३ वैशाख २०८२ १८:५९ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast