भारतले गर्‍यो कैलाश मानवसरोवर यात्राको घोषणा

हिमाल प्रेस १३ वैशाख २०८२ १६:५४ | Saturday, April 26, 2025
भारतले गर्‍यो कैलाश मानवसरोवर यात्राको घोषणा कैलाश मानसरोवर । फाइल तस्बिर

काठमाडौँ- पहलगाम आक्रमणपछि जम्मु–कश्मीरमा सुरक्षाका विषयमा उत्पन्न भइरहेको चिन्ताका बीच भारतको विदेश मन्त्रालयले कैलाश मानसोरव यात्राको घोषणा गरेको छ।

भारतको विदेश मन्त्रालयअनुसार कैलाश मानसरोवर यात्रा यो वर्षको जुनदेखि अगस्तसम्म हुनेछ। कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डको लिपुलेक पास र सिक्किमको नाथुला पास तय गरिएको विदेश मन्त्रालयले जनाएको छ।

यो वर्ष ५०–५० यात्रुको पाँच समूह उत्तराखण्डको लिपुलेख र ५०–५० यात्रुको समुह सिक्किमको नाथुला हुँदै कैलाश मानसरोवरसम्म यात्रा गर्ने मन्त्रालयले जानकारी दिएको छ।

मानसरोवर यात्राका लागि आवेदन दिन भारत सरकारले वेबसाइट खुला गरेको छ। निष्पक्ष प्रक्रियामार्फत कैलाश मानसरोवर यात्राका लागि यात्रु चयन गरिने मन्त्रालयको भनाइ छ।

यात्रु चयन भइसकेपछि उनीहरूलाई छुट्टाछुट्टै माग र समूहमा बाँडिने विदेश मन्त्रालयले जनाएको छ।

यसअघि भारतको केन्द्रीय वाण्ज्यि एवं उद्योगमन्त्री पियुष गोयलले शुक्रबार पहलगामको आतंकवादी आक्रमणका बाबजुद अमरनाथ यात्रा विगतझैँ सञ्चालन हुने बताएका थिए। अमरनाथ यात्रा जुलाईमा सुरू हुनेछ।

प्रकाशित: १३ वैशाख २०८२ १६:५४ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast