देउवाद्वारा तीर्थराम डंगोलको निधनप्रति दुःख व्यक्त

हिमाल प्रेस १३ वैशाख २०८२ १३:०१
14
SHARES
देउवाद्वारा तीर्थराम डंगोलको निधनप्रति दुःख व्यक्त

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ कांग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

नेता डंगोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘नेपाली कांग्रेस काठमाडौँका पूर्वसभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ । उहाँले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीले विर्सने छैन ।’

सभापति देउवाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । नेता डङ्गोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीरलाई आज बिहान ११ः०० बजेदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । दिउँसो १ः०० बजेसम्म शव राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अपराह्न २ः०० बजे काठमाडौँको टेकु दोभानमा उनको दाहसंस्कार गरिनेछ ।

प्रकाशित: १३ वैशाख २०८२ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast