नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल

हिमाल प्रेस १३ वैशाख २०८२ ७:५३
6
SHARES
नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल

काठमाडौँ- नेपाली क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्। उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ ९क्यान०का पदाधिकारीले स्वागत गरे । क्यानले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । ल आगामी दुई वर्ष नेपाली टोलीसँग रहनेछन् ।

५६ वर्षीय लको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै स्टुअर्ट आएका हुन्।

 

प्रकाशित: १३ वैशाख २०८२ ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast