हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक

हिमाल प्रेस १३ वैशाख २०८२ ६:५५ | Saturday, April 26, 2025
हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक

अदानचुली- हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन्।

गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुनेगरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति बेला दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालमा जोडिँदै गएका हुन्।

यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज भएको अदानचुली गाउँपालिका(५ स्थानीय दीपबहादुर शाहीले बताए।

‘पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न दुई चार दिन पैदलयात्रा गुर्नपर्थ्यो। अहिले गाउँमा सडक पुगेपछि त्यो खाद्यान सामग्री गाडीमा दुई चार घण्टामा घर पुग्छ’, उनले भने।

गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोन्नति गरी दिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने शाहीले बताए। अदानचुली गाउँपालिकाका पाँच वडामा सडक सञ्जालमा जोडिएका छन् भने वडा नम्बर ६ को पाल्स र लमही मात्र बाँकी रहेकाले सडकको पहुँचमा छैन।

वडा नम्बर ६ को लमही र पाल्सका गाउँवस्तीमा सडक पुर् याउने कार्यलाई निकै तीव्रता दिँदै आएको छ। यहाँका अधिकांश बस्तीको बीचबीचमा ठूला चट्टान भएकाले त्यस ठाउँमा सडक खन्न निकै समस्या भएकाले ती बस्ती सडक सञ्जालको पहुँचमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए।

प्रकाशित: १३ वैशाख २०८२ ६:५५ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast