कार बम विस्फोटमा वरिष्ठ रूसी सैन्य अधिकारीको मृत्यु

हिमाल प्रेस १२ वैशाख २०८२ २०:४१ | Friday, April 25, 2025
कार बम विस्फोटमा वरिष्ठ रूसी सैन्य अधिकारीको मृत्यु

काठमाडौँ– कार बम विस्फोटमा एक वरिष्ठ रूसीसैन्य अधिकारीको मृत्यु भएको छ। मस्कोमा भएको कार बम विस्फोटमा रूसी सेनाका जनरल यारोस्लाव मोस्कालिकको मृत्यु भएको हो।

उनी ‘रसियन जनरल स्टाफ’ का मुख्य परिचालन विभागका उपप्रमुख थिए। रूसको जाँच समितिले मोस्कालिकको मृत्यु भएको पुष्टि गरेको छ।

उनको कारमा राखिएको विस्फोटक उपकरणबाट हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ। समितिका प्रवक्ता स्वेतलाना पेत्रेन्कोले विस्फोटक उपकरणमा छर्राको गोली प्रयोग गरिएको बताए।

रूसी सञ्चारमाध्यमले एक अपार्टमेन्ट भवनको आँगनमा जलिरहेको सवारीसाधन भिडियो प्रसारण गरेका छन्। समितिले सम्भावित संदिग्धहरूबारे उल्लेख गरेको छैन।

यो आक्रमण लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्यापछि भएको हो। डिसेम्बर १७ मा उनको अपार्टमेन्टबाहिर पार्क गरिएको विद्युतीय स्कुटरमा लुकाइएको बम विस्फोट हुँदा मृत्यु भएको थियो। रूसी अधिकारीहरूले किरिलोभको हत्याका लागि युक्रेनलाई दोष दिएका थिए।

प्रकाशित: १२ वैशाख २०८२ २०:४१ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast