सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गर्छौँ’

हिमाल प्रेस १० वैशाख २०८२ २१:५० | Wednesday, April 23, 2025
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गर्छौँ’

काठमाडौँ– खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने बताएका छन्।

बुधबार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरणका लागि धारा निर्माण गर्ने ठाउँको अनुगमन गर्दै उनले वर्षौँदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी प्रयोग अब सदाका लागि बन्द गरिने बताएका हुन्।

उनले भने, ‘सिंहदरबारमा प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्यअनुसार काम अगाडि बढिरहेको छ। यहाँ चाँडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ।’

यही वैशाख मसान्तसम्मा सिंदरबारमा मेलम्चीको सफा पानी वितरण गरिने मन्त्री यादवले जानकारी दिए।

उनले भने, ‘मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना छ। शुद्ध पानी सबैको पहुँचमा पु¥याउन हामी एकजुट भई अघि बढ्नुपर्छ।’

प्रकाशित: १० वैशाख २०८२ २१:५० | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast