सिंहदरबारभित्रको ‘क्यान्टिन’मै म्याद गुज्रेको दही!

हिमाल प्रेस २३ वैशाख २०८३ २०:२६ | Wednesday, May 6, 2026
14
SHARES
सिंहदरबारभित्रको ‘क्यान्टिन’मै म्याद गुज्रेको दही!

काठमाडौँ- सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेना गृह (क्यान्टिन) मा म्याद गुज्रिएको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार जरिबाना गरेको छ।

विभागको टोलीले आज (बुधबार) गरेको अनुगमनका क्रममा म्याद गुज्रेको दही फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुर गरेका देखिएकाले उक्त जरिबाना गरिएको हो।

अनुगमन टोलीले उक्त दहीको उत्पादक श्रीकृष्ण डेरी फर्मलाई व्यवसाय दर्ता प्रमाणपत्र तथा उक्त दहीको बिक्री बिल लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८३ २०:२६ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast