मोहनप्रसाद खरेलको निधन

हिमाल प्रेस १० वैशाख २०८२ १६:१३ | Wednesday, April 23, 2025
मोहनप्रसाद खरेलको निधन

काठमाडौँ- मोहनप्रसाद खरेलको ६५ वर्षको उमेरमा निधन भएको छ। उनी पूर्वअर्थ उपमन्त्री र कोदारी राजमार्गका प्रमुख योजनाकार एवं पञ्चायतकालका इतर पक्षका बहुचर्चित स्व. रत्नप्रसाद खरेलका छोरा हुन्। मोहनप्रसादको १२ दिनअघि भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको हो। मोहनप्रसाद शालीन र सरल जीवनशैली अँगाल्दै आफ्नो काममा सक्रिय थिए। माओवादी द्वन्द्व चर्किएपछि उनी प्रायः काठमाडौँमा बसेका थिए।

जमिनदार र घरमा रहेको बन्दुकमा माओवादीको आँखा परेकाले उनले चितवनभन्दा काठमाडौँ बस्न रुचाएका थिए। रत्नप्रसाद खरेलको दुई श्रीमती थिए। जेठीबाट चार र कान्छीबाट पाँच सन्तान जन्मिएका थिए। मोहनप्रसाद जेठीपट्टिका तीन दिदीहरूपछिका एक्ला छोरा थिए। मोहन पाँचवर्षदेखि गम्भीर बिरामी थिए। उनको मिर्गौलाले काम नगरेपछि ट्रान्सप्लान्ट गरिएको थियो भने पछि फोक्सोमा समस्या भएको हो।

मोहनप्रसादका श्रीमती शर्मिला, छोरी सिम्रन र छोरा प्रथम छन्। मोहनको जीवन राजनीतिबाट टाढा रह्यो। उनी समाजप्रति उत्तरदायी, समर्पित र संवेदनशील भने रहिरहे। परिवार, समाज र आफन्तको सम्मान जित्दै उनले जीवनयात्रालाई शान्त र समर्पित ढंगले सम्पन्न गरे। विभिन्न गैरसरकारी निकायमा जागिरे जीवन बिताएका मोहन पछिल्लो समय हाइड्रोको विकासमा पनि लागिपरेका थिए।

मोहनको निधन भएको १२औँ पुण्यतिथिमा चितवन रत्ननगर नगरपालिका पिठुवाका शुभचिन्तक र आफन्तले श्रद्धाञ्जली दिएका छन्। मोहनको आत्माको चिरशान्तिको कामना, परिवारजनमा हार्दिक समवेदना!

प्रकाशित: १० वैशाख २०८२ १६:१३ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast