१६ जना प्रहरी-कर्मचारी दुई महिनादेखि गैरहाजिर

हिमाल प्रेस १० वैशाख २०८२ ७:४० | Wednesday, April 23, 2025
१६ जना प्रहरी-कर्मचारी दुई महिनादेखि गैरहाजिर प्रहरी

काठमाडौँ- नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन्। प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी माघदेखि गैरहाजिर छन्। केहि फागुन र चैतदेखि पनि जानकारी नै नगराई गैरहाजिर छन्।

आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले बुधबार गोरखापत्रमा सूचना सार्वजनिक गरेको छ।

उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय ९ख० १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८२ ७:४० | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast