सिटी तेस्रोमा उक्लियो, हार्‍यो भिल्ला

हिमाल प्रेस १० वैशाख २०८२ ६:५१ | Wednesday, April 23, 2025
सिटी तेस्रोमा उक्लियो, हार्‍यो भिल्ला

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ। सिटीले २-१ ले हराउँदै सिटी तेस्रोमा पुगेको हो।

सिटीको जितमा इज्युरी समयमा माथियस नुनेसले गरेको गोल नै निर्णायक बन्यो। खेलको सातौँ मिनेटमा सिटीका बर्नार्डो सिल्भाले एमिलियानो मार्टिनेजको गल्तीको फाइदा उठाउँदै गोल गरे।‌

रुबेन डियासले ज्याकब राम्सेलाई फाउल गरेपछि मार्कस रास्फोर्डले १८औँ मिनेटमा पेनाल्टीमा बराबरी गोल गरे।

दोस्रो हाफमा सिटीले थप दबाब बनायो। ओमार मार्मुशले गोल गरे तापनि अफसाइडको झण्डा उठेपछि त्यो अमान्य ठहरियो। तर भिल्लाको रक्षापंक्ति पाँच मिनेटको इन्जुरी टाइमसम्म टिक्न सकेन।

यो जितपछि ६१ अंकसहित सिटी तालिकाको तेस्रो स्थानमा पुगेको छ। एक खेल कम खेलेका चौथो स्थानको नटिंघम फरेस्टभन्दा १ अंक र पाँचौं स्थानको न्युक्यासल युनाइटेडभन्दा २ अंकले अगाडि छ।

प्रकाशित: १० वैशाख २०८२ ६:५१ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast