विष सेवनबाट धनुषामा तीन छाेराछाेरीको मृत्यु, आमा सिकिस्त

हिमाल प्रेस ९ वैशाख २०८२ १७:५३ | Tuesday, April 22, 2025
विष सेवनबाट धनुषामा तीन छाेराछाेरीको मृत्यु, आमा सिकिस्त प्रतिनिधिमूलक तस्बिर

जनकपुरधाम- धनुषाको सहिदनगर नगरपालिका-५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। सोही घटनामा आमा सिकिस्त छन्।

गएराति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन छाेराछाेरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

विष सेवनबाट स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया छोरी आकृति तथा २ वर्षीया छोरी आरुती साह मृत्यु भएको हो।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रकाशित: ९ वैशाख २०८२ १७:५३ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast