शिक्षक आन्दोलन बिथोल्नेहरूले नसोचेको क्षति बेहोर्नुपर्ने बजगाईँको चेतावनी

हिमाल प्रेस ९ वैशाख २०८२ १०:४७
770
SHARES
शिक्षक आन्दोलन बिथोल्नेहरूले नसोचेको क्षति बेहोर्नुपर्ने बजगाईँको चेतावनी

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य कुमार बजगाईँले शान्तिपूर्ण शिक्षक आन्दोलन बिथोल्न खोज्नेहरूलाई प्रतिकार गर्ने बताएका छन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौँमा जारी आन्दोलनको २० औं दिनको आन्दोलनमा अपरिचित व्यक्तिले शिक्षकमाथि हातपात गरेर होहल्ला गरेपछि ती व्यक्तिलाई शिक्षकले नेपाल प्रहरीको जिम्मा लगाएका थिए।

उक्त घटनापछि बोल्दै बजगाईँले आन्दोलन बिथोल्ने त्यस्ता जो कोहीलाई प्रतिकार गर्ने बताए। उनले शिक्षक आन्दोलनलाई कमजोर नठान्न चेतवानी दिए। उनले भने, ‘सरकारको निणर्य के हुन्छ थाहा छैन। अझै धैर्य गर्छौं। यदि हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोरी ठान्छ भने राज्यले ठूलो क्षति बेहोर्नुपर्छ।’

शिक्षक आन्दोलन बिथोल्न सरकारले प्रयास गरेको बताउँदै उनले नसोचेको क्षति बेहोर्नुपर्ने चेतावनी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast