नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

हिमाल प्रेस ८ वैशाख २०८२ १५:४७
4
SHARES
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक सात दशमलव ७५ अंकले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो।

विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता सेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारमा विकास बैंक समूह शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ०६, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३ र म्युचुअल फन्ड शून्य दशमलव ४४ प्रतिशतले बढेको छ।

अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ८५, वित्त एक दशमलव ०३, जीवन बीमा शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव १५, व्यापार एक दशमलव ५२ र अन्य समूह एक प्रतिशतले घटेको छ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य सोमबार सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने एनएमबी हाइब्रिड फन्ड–२ को सेयर मूल्य सात दशमलव ९० प्रतिशत छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ५३ करोड ९९ लाख १८ हजार एक सय ७४ रुपैयाँ बराबरको १५ लाख ९० हजार दुई सय पाँच कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ८ वैशाख २०८२ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast