सप्तकोशीमा दुईजना बेपत्ता, खोज्नका लागि सशस्त्रको गोताखोर परिचालन

हिमाल प्रेस ८ वैशाख २०८२ ११:५३
8
SHARES
सप्तकोशीमा दुईजना बेपत्ता, खोज्नका लागि सशस्त्रको गोताखोर परिचालन

काठमाडौँ- सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता भएका छन्।

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा खोटाङको केपिलासगढी गाउँपालिका-४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका-१६ बस्ने १६ वर्षीय जेनिश आचार्य बिहान साढे ८ बजे नुहाउने क्रममा बेपत्ता भएको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बेपत्ता दुवैको अहिले खोजी कार्य चलिरहेको छ। थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको छ। गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजिकार्य सुरु गरेको थापाले जानकारी दिए।

प्रकाशित: ८ वैशाख २०८२ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast