प्राडा. सञ्जीवकुमार शर्मा
इटहरी – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्राडा. सञ्जीवकुमार शर्मालाई जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री तथा कुलपतिस्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा.शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिक कार्यलाई सञ्चालन गर्न आइतबारदेखि लागू हुनेगरी प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी दिइएको हो।
नयाँ उपकुलपति सिफारिस भएर नियुक्ति नभएसम्मका शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो।
डा. ज्ञानेन्द्र गिरीको उपकुलपतिको कार्यकाल गत चैत २६ गते समाप्त भएपश्चात् प्रतिष्ठान उपकुलपतिविहीन बनेको थियो।
प्रकाशित: ७ वैशाख २०८२ २०:२८ | Sunday, April 20, 2025
प्रतिक्रिया



