‘संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ’

हिमाल प्रेस ७ वैशाख २०८२ १९:२५
26
SHARES
‘संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

विराटनगर– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संशोधन गर्ने उपयुक्त समय भइससेको बताएका छन्।

विरोटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधानको परिमार्जन र संशोधनका निम्ति गम्भीर छलफलको आवश्यकता रहेको उल्लेख गर्दै सरकारले संविधान संशोधनका लागि आवश्यक छलफल गर्नुपर्ने बताए।

उनले शासकीय स्वरुप नै अहिलेको अस्थिरताको कारक भएको चर्चा गर्दै अहिलेको व्यवस्थासँग मिल्दो शासकीय स्वरुप र निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए।

प्रचण्डले राजनीतिक प्रणाली र आर्थिक विकासको एकापसमा गहिरो सम्बन्ध रहने भएकाले आर्थिक नीतिबारे छलफल हुनुपर्ने जिकिर गर्दै प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै आर्थिक क्षेत्र बलियो हुन नसक्नु चिन्ताको विषय भएको बताए।

सरकारले सेवा प्रवाह उचित ढंगले गर्न नसकेका कारण दल र नेताहरुप्रति जनताको निराशा बढेको उनको भनाइ थियो। सरकार जनताको आवश्यकता र चाहनामा केन्द्रित रहनुपर्ने उनले सुझाव दिए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुँजी निर्माण गरी आर्थिक विकास गर्नका लागि प्रदेश सरकारले केही दिनमै लगानी सम्मेलन गर्न लागेको जानकारी दिए।

उनले लगानी सम्मेलनबाट प्रदेशमा उल्लेखनीय आर्थिक गतिविधि हुन सक्ने अनुमान र सम्भावना रहेको भन्दै प्रदेश सरकारले यस वर्षलाई घोषणा गरेको ‘पर्यटन वर्ष–२०८२’ बाट प्रदेशमा आर्थिक गतिविधि चलायमान हुने धारणा राखे।

प्रकाशित: ७ वैशाख २०८२ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast