बुटवल गोली काण्ड : गोली हान्ने व्यक्तिको पहिचान खुल्यो

हिमाल प्रेस ७ वैशाख २०८२ १८:३३
380
SHARES
बुटवल गोली काण्ड : गोली हान्ने व्यक्तिको पहिचान खुल्यो

लुम्बिनी– बुटवल ११ बुद्धनगरमा युवतीमाथि गोली प्रहार गर्ने व्यक्तिको पहिचान भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुरज कार्कीका अनुसार गोली प्रहार गर्ने युवकको नाम पहिचान भएको हो।

उनका अनुसार गोली हान्ने व्यक्ति सितारे आलम अन्सारी रहेको तर ठेगानाका विषयमा अझै यकिन भइसकेको छैन।

‘गोली प्रहार गर्नेको नाम खुलेको छ, ठेगाना निश्चित भइसकेको छैन। उनी भारतीय हुन् वा नेपालकै भन्नेबारे यकिन गर्दैछौँ,’ उनले भने।

शनिबार बिहान साढे ८ बजेतिर पाल्पा रैनादेवी छहरा घरभई बुटवल बुद्वनगरमा डायक्सन फूड एण्ड वयभरेज सञ्चालक २९ वर्षीया टिका विष्टमाथि गोली प्रहार भएको थियो।

गोली प्रहारबाट घाइते विष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पश्चात भैरहवास्थित मेडिकल कलेजमा लगिएपनि त्यहाँ गोली निकाल्न नसकेपछि चितनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता कार्कीले घाईतेको अवस्था मध्यम रहेको जनाए। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका ती युवाले प्रेम प्रस्ताव अस्विकार गर्दा होटल सञ्चालिका विष्टमाथि गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यसअघि पनि ती युवकले बन्दुक देखाएर अपहरणको शैलीमा लगेको र पछि प्रहरीले खोजतलास गरेपछि छाडेको बुझिएको छ। युवकले विष्टलाई सापटी पैसा दिएको र त्यसवापत प्रेम स्विकारका लागि दबाब दिने गरेकोमा युवतीले प्रस्ताव अस्विकार गरेपछि हत्याको प्रयास गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

ढाडमा गोली लागेकी विष्ट घाईते अवस्थामा बाहिर निस्कदा सिढिमा समेत रगतको टाटा बसेको छ। स्थानीयहरुले पानी परिरहेको बेला मौका छोपेर योजनाबद्ध रुपमा गोली प्रहार गरेको देखिएको बताएका छन्।

घटनास्थलमा सिसिटिभि क्यामेरा रहेकाले नाम समेत पहिचान भइसकेकाले अन्सारीलाई पक्राउ गर्न प्रहरीले विशेष टोली खटाएको छ। नवलपरासीको महेशपुर नाकातर्फ प्रहरी टोली खटिएको जनाइएको छ।

प्रकाशित: ७ वैशाख २०८२ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast