आईपीएल : राजस्थानको जित, सूर्यवंशीको दुर्लभ रेकर्ड

हिमाल प्रेस ७ वैशाख २०८२ ७:०१
48
SHARES
आईपीएल : राजस्थानको जित, सूर्यवंशीको दुर्लभ रेकर्ड

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्समाथि लखनऊ सुपर जाइन्टले २ रनको जित निकालेको छ। जयपुरमा शनिबार राति भएको खेलमा लखनऊले घरेलु टोली राजस्थामाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो।

लखनऊले दिएको १८१ रनको लक्ष्य राजस्थानले पूरा गर्न सकेन। राजस्थान पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १७८ रनमा सीमित भयो।

राजस्थानका लागि यशस्वी जैसवालले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७४ रन बनाए। राजस्थानका वैभव सूर्यवंशीले भने दुलर्भ रेकर्ड बनाए। उनले सबै भन्दा कम उमेरमा आईपीएल खेलेर इतिहास कायम गरे।

लखनउ सुपर जायन्ट्सविरुद्ध शनिबार भएको खेलमा उनी इम्प्याक्ट खेलाडीको रूपमा ब्याटिङ गर्न क्रिजमा पुगेका थिए। कप्तान सञ्जु सामसन घाइते भएपछि टोलीमा मौका पाएका सूर्यवंशीले लखनउविरुद्ध यशस्वी जयसवालसँग ओपनिङ ब्याटरको रूपमा मौका पाए।

उनले आईपीएलको सुरुवात नै छक्का प्रहार गरेर गरेका छन्। उनले पहिलो बलमा शार्दूल ठाकुरलाई छक्का हिर्काएका हुन्। २० बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ३४ रन जोडेका उनी आइडन म्याक्रमको बलमा लखनउका कप्तान ऋषभ पन्तबाट स्टम्पिङ भए।

सूर्यवंशीले १४ वर्ष २३ दिनको उमेरमा पहिले आईपीएल खेल खेलेका हुन्। लखनऊका लागि आभेश खानले तीन विकेट लिए। उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।

यसअघि टस जितेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाएको थियो। उसका लागि दुई खेलाडीले अर्धशतक बनाए। एडेन मकरमले ६६ तथा आयुष बाडोनीले ५० रन जोडे। मकरम खेलको मूल्यवान खेलाडी घोषित भए। राजस्थानका लागि वानिडु हसरंगाले तीन विकेट लिए।

प्रकाशित: ७ वैशाख २०८२ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast