बाख्रा चराउन गएका ऐडी लडेर मृत्यु

हिमाल प्रेस ७ वैशाख २०८२ ६:३१ | Sunday, April 20, 2025
बाख्रा चराउन गएका ऐडी लडेर मृत्यु

काठमाडौँ- हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो।

शनिबार दिउँसो गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला लडेर स्थानीय नानी ऐडीको लडेर मृत्यु भएको उनका आफन्त पूर्ण बुढाले जानकारी दिए।

भिरबाट लडेर पाल्पामा एक पुरुषको मृत्यु भएको छ। बगनासकाली गाउँपालिका–१ पिपरतुङका ६५ वर्षीय कृष्णबहादुर चिदीको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो।

सोही ठाउँको बेलटारीस्थित पूजामा जान भनेर हिँडेका उनी अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

खोजी गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिमतर्फ रहेको भिरबाट २०० मिटर तल फोक्सिहर खोलामा खसेको अवस्थामा शनिबारदिउँसो उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। रासस

प्रकाशित: ७ वैशाख २०८२ ६:३१ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast