एनसेल एपमार्फत अनलाईन रिचार्ज गर्दा बोनस डेटा पाइने

हिमाल प्रेस ६ वैशाख २०८२ १९:४८ | Saturday, April 19, 2025
एनसेल एपमार्फत अनलाईन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौँ- एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक सय र योभन्दा माथिको अनलाईन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन्।

एनसेल एप ग्राहकहरूको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधाहरूसहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो।

एनसेल एपमार्फत सयदेखि दुई सय रुपैयाँसम्मको अनलाईन रिचार्ज गर्दा ग्राहकहरूले एक दिनका लागि दुई सय एमबी बोनस डेटा प्राप्त गर्दछन्।

यस्तै दुई सय वा सोभन्दा माथिको अनलाईन रिचार्ज गर्दा तीन दिनक लागि मान्य रहने पाँच सय एमबी बोनस डेटा पाइनेछ। स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू नहुने एनसेलले जनाएको छ।

यो बानेस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ। यसका साथै ग्राहकहरूले एनसेल एपमार्फत एमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरी त्यसको फाइदा लिन सक्ने एनसेलले जनाएको छ।

ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम बनाउनका साथै सेल्फ केयर टुलको रुपमा स्थापित भएको छ।

एमले एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैँ अन प्याकहरू, सधैँ अन रिन्युअल प्याकहरू लिन, अनलाईन रिचार्ज गर्नलगायतका सुविधा प्राप्त गर्ने सक्नेछन्।

प्रकाशित: ६ वैशाख २०८२ १९:४८ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast