वर्षा प्रभावित खेलमा पञ्जाबको जित, हार्‍यो आरसीबी

हिमाल प्रेस ६ वैशाख २०८२ ७:१८
10
SHARES
वर्षा प्रभावित खेलमा पञ्जाबको जित, हार्‍यो आरसीबी

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)लाई पराजित गरेको छ। एम चिन्नास्वामी स्टेडियम बैंगलुरुमा भएको खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ५ विकेटले पराजित गरेको हो।

वर्षाका कारण १४ ओभरमा घटाइएको खेलमा बेंगलुरुले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको थियो। पञ्जाबका लागि नेहाल बधेरा ३३ रनमा अविजित रहे। यस्तै, प्रियान्स आर्याले १६, जोस इंग्लिसले १४ र प्रभसिमरन सिंहले १३ रनको योगदान दिए।

बेंगलुरुका जोश हेजलवुडले ३ र भुवनेश्वर कुमारले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलुरुले १४ ओभरमा ९ विकेट गुमाएर ९५ रनको योगफल तयार पारेको थियो।

बैंगलुरुका लागि टिम डेभिड अविजित ५० रनमा अविजित रहँदा कप्तान रजत पाटिदारले २३ रन जोडे। पञ्जाबका मार्को जानसेन, युजभेन्द्र चहल, अर्शदीप सिंह र हरप्रित ब्रारले २-२ तथा जेभियर बार्टलेटले १ विकेट लिए।

जितसँगै पञ्जाब आईपीएलको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। पञ्जाबले ७ खेलमा १० अंक जोडेको छ। समान ७ खेलमा ८ अंक भएको बैंगलुरु भने चौथो स्थानमा झरेको छ।

प्रकाशित: ६ वैशाख २०८२ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast