६ जना डीआईजी एआईजी बढुवामा सिफारिस

हिमाल प्रेस ४ वैशाख २०८२ १७:३८
60
SHARES
६ जना डीआईजी एआईजी बढुवामा सिफारिस

काठमाडौँ- सरकारले ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको छ।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ६ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुने डीआईजीहरूमा चन्द्र कुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन्।

जनपद प्रहरी समूहतर्फका प्रहारी नायब महानिरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८२ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast