मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस ४ वैशाख २०८२ १५:१३ | Thursday, April 17, 2025
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–३ कवासेका १९ वर्षीय रोमन लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको लु २४ प २२४७ नम्बरको मोटरसाइकल र खैरेनीटारबाट दुलेगौँडा जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल ठोक्किँदा लु प्र ०१००१ प ५६६८ नम्बरका चालक लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलमा सवार २० वर्षीय सुशान आले र सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ गम्भीर घाइते भएका छन्। घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८२ १५:१३ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast